गुरुवार, 6 अक्तूबर 2022

को हुन लामिछानेले हायर गरेको प्रोफेसनल लयर ?

बलात्कार आरोप लागेको सन्दिप लामिछाने आज नेपाल आउने भएका छन् । विगत केही समयदेखि प्रोफेसनल लयरको बन्दोबस्त गराउनमा अभ्यस्त रहेका लामिछानेले अहिले आफ्नो पक्षमा वकालत गर्नका लागि वकिल भेटाइसकेका छन् । उनी आज नेपाल आएलगत्तै उनलाई अनुसन्धानका लागि हिरासतमा राखिनेछ । सन्दिप लामिछानेले आफ्नो पक्षमा वकालत गर्नका लागि हायर गरेका वकिल उनले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि न्यायको पक्षमा आवाज उठाउदै आएका वकिल हुन्् सरोज कृष्ण घिमिरे । विगत लामो समयदेखि सशक्त रुपमा न्यायका लागि आवाज बुलन्द गर्दै आएका अधिबक्ता सन्दिपको रोजाइमा पर्नुलाई सकारात्मक संकेत रुपमा हेरिएको छ । भरतपुरमा जन्मेका उनले भारतको पूने युनिभर्सिटि, जोन मोरिस युनिभर्सिटिबाट शैक्षिक उपाधी हासिल गरेका थिए । भरतपुरमा जन्मेका उनी हाल प्रफेसनल लयरका रुपमा काठमाडौंमा कार्यरत छन् ।

मंगलवार, 31 दिसंबर 2019

उखु किसान

चिनी उद्यमी सम्पर्कमै आएनन् भनेर कृषि मन्त्री घनश्याम भुषालले संसदीय समितिमा दिएको अभिव्यक्ति गैरजिम्मेवारीको हद हो!लोककल्याणकारी राज्य तथा समाजवाद उन्मुख सरकारका मन्त्रीको काम,कर्तव्य,अधिकार शायद कुनै कम्युनिस्ट ठेलीमा भेटिएन छ!लोकसेवाको खरिदारको गाइड पढ्नु,भेटिन्छ!
लाजको पसारो!

मंगलवार, 10 दिसंबर 2019

जिवन

शिशिर पछि बसन्तमा फुल्नु हो जिवन
झुल्ने धानको बाला झै झुल्नु हो जिवन

आँखा डील हुँदै झर्ने ति आँसु लाई सोध
सु:ख खोज्दै दु:ख लाइ भुल्नु हो जिवन





खरो भएको छ

कमजोर होइन अझै दरो भएको छ/
घन  खाँदै फलाम बन्चरो भएको छ/
चार पैसा गरिबले के कमाउन थाले/
हुने खानेहरू  आज खरो भएको छ/

घमण्ड

किन गर्छौं  घमण्ड चुर हुनेछौं /
तिमी  पनि हेर मजबुर हुनेछौं /
हिजो अर्कै रोयो  आज म रोए ,
रुने मध्ये तिमी पनि जरुर हुनेछौं //

अचेल

धेरै जसो पिडा जानीजानी भएको छ अचेल/
आधा जसो हानिनोक्सानी भएको छ अचेल/
जतिसुकै दुख दिए पनि सहन सक्ने भएको छु,
चेट र अभाव भोक्ने बानी भएको छ अचेल//

शनिवार, 16 नवंबर 2019

मुक्तक

तिम्रो लागि संसारको नियम तोड्न सक्छु,
जिन्दगीको बाटो तिमी तिर मोड्न सक्छु,
मेरा यी प्रेमिल कुरा तिमीले मानेर हेरिदेउ,
म तिमी सँग अजम्बरी नाता जोड्न सक्छु!