रविवार, 7 दिसंबर 2014

मुक्तक

धनका कुरा कति गर्छौ दानका कुरा गर
छोड युरोप जुम्ला जाउ किसानका कुरा गर
भरिन्न लोभको भाडो जति भर्न खोजेपनि,
सुख शान्ति ईजत र मानका कुरा गर

धनका कुरा कति गर्छौ दानका कुरा गर
छोड युरोप जुम्ला जाउ किसानका कुरा गर
भरिन्न लोभको भाडो जति भर्न खोजेपनि,
सुख शान्ति ईजत र मानका कुरा गर

हल्का हल्का जवानीको रंग बढ्यो मेरो पनिमनभित्र छुट्टै अनौठो मात चढ्यो मेरो पनिसायद यही होकि माया बुझ्नै सकिन हजुरअनयासै कसै माँथि नजर गढ्यो मेरो पनि||

मायाको हिसाब हुँदैन तिरतार
तिमी आफै हुनेछौँ  दिकदार
यो माया भन्ने अचम्म छ हेर
न गर मुटु आफ्नो चिरफार ..,!

पहिले मायामा राजा भन्यौ।
ए!नौ ताले बाजा भन्यौ।।
सब् थोक लुटी रित्तो पार्यौ,
हजार पाउँछु,जा जा भन्यौ।।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें