सोमवार, 5 जनवरी 2015

रचनाहरू


भुलेर पनी कसैलाई साचो माया नगर्नु
साचो माया गर्नेले धोका खादो रहेछ
संसार भुलेर कसैलाई सम्झी नबस्नु
सम्झना मै सारा जीवन जादो रहेछ


अमिलो बिगत मेरो पनी छ
मुटु भित्र खत मेरो पनी छ
दुई दिनको होइन दिगो प्रेम गर
प्रेममा सहमत मेरो पनी छ..!


हरेक प्रश्नर समस्याको निकाश छ
के हो प्रेम परिभाषित कुनै जवाफ छ
भन्ने कुरा मात्र हुन् भन्छन् सबैले ..
प्रत्येक संग एउटा न एउटा अभाव छ.


सपनाहरू यहा टुटेर के भो ?
मनहरू यहा फुटेर के भो ?
जीबन नै सदा दुखि सकेपछि
हजारौ खुशि जुटेर के भो ?


वा! कलम
आशुँ त्यहाँ बग्यो यहाँ कलम रोयो
घाउ त्यहाँ दुख्यो यहाँ मल्हम रोयो
हाँसे मुस्कान सँगै,पिरमा एक्लै पर्यौ
सदा साथ दिने,मेरो कसम रोयो


तिमी सग नाम जोडिएको रात थियो
बिना मदिरा बेमौसम मात थियो
भुलेको छैन मैले साएद तिमीले पनि
ओठ भित्र मायाको खात थियो। :)


प्रेमको चेट लाग्दा,वेहोस भइ ढले आज
ओइलिएको फुल सरि,हागाँबाट खसे आज
न परुन,कोही पनि घृणित यो प्रेम जालमा
प्रेमको जालो संगै मसान घाटमा सरे आज.


गयाै आज मलाई गल्ती बनार,
सबकाे सामु मेराे नाम चल्ति बनार,
कहाँ भुल्न सक्छु तिम्रा तिखा बाणहरु,
मर्दा पनिसंगै लान्छु, कात्राेमा खल्ती बनार।।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें