गुरुवार, 11 दिसंबर 2014

मुक्तक


एकान्तमा  झरेको पात भयो जिन्दगी
निस्पष्ट औशीको रात भयो जिन्दगी
भुल्न नसक्ने अनगिन्ति अतितका याद
एका एक बेवसीको मात भयो जिन्दगी

दिनैपिच्छे फेर्ने तिम्रो नाम कति हो
सधै हतार भयो भन्छौ काम कति हो
आफ्नो मनलाइ पनि टेण्डर हाल्दै छौ रे
भन तेसो भये तेस्को दाम कति हो

३ जस्लाइ माया गरिन्छ उ खास हुनुपर्छ
उ मेरै हो भन्ने मीठो आभास हुनुपर्छ

मायाको नयाँ इतिहास रच्नको लागि
एक अर्कामा अटल बिश्वास हुनुपर्छ ।

��

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें