शुक्रवार, 12 दिसंबर 2014

मुक्तक


पुर्णिमाको जुनले पनि हेर्छ तिमीलाई
बादलुले घुम्टो बनाई घेर्छ तिमीलाई
बसन्तको सुन्दरता तिमी भित्रै भेटेपछी
कबिले नी कबितामा केर्छ तिमीलाई

खै कस्तो हो उनी सँग प्यार रहेछ
नजरनै घायल पार्ने हतियार रहेछ
पुर्णिमाको जुनको कुरा के गर्नु र
जुन भन्दा नि चम्किलो मुहार रहेछ

नपिउदै लठ्ठाइदिने रक्सी होरे माया
सपनामै रङ्गमन्चको मस्ती होरे माया
कोहि रम्दै बस्ने यस्मा कोहि झस्किरहने
कसैलाई चिहानको बस्ती होरे माया

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें