१
न सोचेको जिन्दगी कोही खास हुदैछ
दैवको लेखा बिरानो देशमा दास हुदैछ
गरिबीको रेखा पार गर्ने उपाय भेटीन
अमूल्य यो जिन्दगी जिउदो लास हुदैछ
२
अरू कोही छैन म संग एउटा मन छ
परि आउँदा बैरी संग लड्ने तन छ
मार काट गर जे गर्न सक्छौँ गर तिमी
झुक्नै नसक्ने म संग नेपाल पन छ..!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें